विवाह बन्धनमा बाँधिदै रणवीर दीपिका, यहाँ हुनेछ विवाह

एजेन्सी । एजेन्सी । दीपिका पाडुकोण र रणवीर कपुरको विवाहको मिति तय भएको छ । मिडिया रिपोर्टका अनुसार यही वर्षको नोभेम्बर १० मा दुई जना विवाह बन्धनमा बाँधिने छन् । यसअघि विवाह १९ नोभेम्बरमा हुने भनिएको थियो । यद्यपि, केही कारणले विवाह १० दिनअघि सारिएको

July 1, 2018
選擇語言:
TEEPR原創
採訪報導
綜合報導
編譯
特稿

एजेन्सी । एजेन्सी । दीपिका पाडुकोण र रणवीर कपुरको विवाहको मिति तय भएको छ । मिडिया रिपोर्टका अनुसार यही वर्षको नोभेम्बर १० मा दुई जना विवाह बन्धनमा बाँधिने छन् । यसअघि विवाह १९ नोभेम्बरमा हुने भनिएको थियो । यद्यपि, केही कारणले विवाह १० दिनअघि सारिएको छ । दुवै परिवार यो मितिका लागि राजी भइसकेका छन् । यसअघि, दुई जनाले जनवरीमा नै विवाह गरिसकेको समाचारहरु पनि बाहिर आएको थियो ।

廣告1

रिपोर्टका अनुसार दीपिका पाडुकोणको जन्मदिन ५ जनवरीका दिन उनीहरुको विवाहको मिति तय भएको थियो । त्यतिबेला दुवै परिवार मालदीभ्समा छुट्टी मनाउन पुगेका थिए । दुवै परिवारले विवाह तयारी धुमधामले शुरु गरिसकेका छन् । यसअघि रणवीर–दीपिकाले उदयपुरमा विवाह गर्ने बताइएको थियो । तर, अहिले विवाह बैंगलुरु वा इटालीमा हुनेछ । त्यसपछि साथी तथा समकक्षीहरुलाई मुम्बईमा रिसेप्शन होस्ट गरिनेछ ।

दीपिका र रणवीरले आफ्ना कर्मचारीहरुको तीन महिना (अक्टुबर, नोभेम्बर र डिसेम्बर) को छुट्टी रद्द गरिसकेका छन् । यसले पनि उनीहरुको विवाह चाँडै हुने संकेत गर्छ । यति मात्र होइन, विवाहकै कारण रणवीर अभिति रोहित शेट्टीको निर्देशनमा बनिरहेको चलचित्र सिम्बाको शुटिङ पनि चाँडै सक्ने प्रयास भइरहेको छ । रोहितले यसबारे जानकारी दिइसकेका छन् ।

यता, रणवीरले पनि कुनै नयाँ प्रोजेक्टमा हस्ताक्षर गरेका छैनन् । उता, दीपिकाले पनि पद्मावतपछि कुनै चलचित्र साइन गरेकी छैनन् । पद्मावत पछि उनले विशाल भारद्वाजको निर्देशनमा बनिरहेको ग्याङस्टर ड्रामा चलचित्र गर्ने भनिए पनि इरफान खान अस्वस्थ भएपछि यसको सुटिङ शुरु नै हुन पाएन । दीपिका अक्टुबरदेखि डिसेम्बरसम्म डेट फ्रि राख्न चाहन्छिन् ।

贊助影片

(往下還有更多精彩文章!)

TEEPR 亮新聞著作權聲明:非法抄襲TEEPR 亮新聞網站請注意,本站所有內容皆由自家TEEPR 亮新聞 編輯撰寫,並非如非法內容農場複製貼上。本網站之文字敘述、圖片、影像視聽及其他資訊等,非經授權,不得轉載。如侵權將立刻請臉書封鎖專頁。微改標題、圖片、前段,仍然抓得到!
分類:台灣
加入粉絲團! विवाह बन्धनमा बाँधिदै रणवीर दीपिका, यहाँ हुनेछ विवाह留言按此 好友人數分享! 好友人數加入好友
廣告
廣告